जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

डेङ्गी रोग नियन्त्रण गर्न पोखरा ५ को सचेतना कार्यक्रम

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगर पालिका वडा नम्बर ५ ले डेङ्गी सम्बन्धी सचेतना कार्यक्रम सुरु गरेको छ । जनप्रतिनिधि तथा सहरी स्वास्थ्य केन्द्र ५ को कर्मचारीले अाज जिरो कि.मी देखि प्रस्याङ्गसम्मको मूल सडक वरपर रहेका वर्कसप र कवाडी संकलन स्थान अवलोकन गरी पानी जम्न नदिन र लामखुट्टेकाे लार्भा नस्ट गर्न अनुरोध गर्दै सचेतना कार्यक्रम गरेका हुन ।

वडा सदस्य हरिमाया विश्वकर्माले डेङ्गीको प्रकोप बड्दै गएको हुनाले सर्वसाधारणलाई सचेत गराउन वडाले कार्यक्रमको सुरुगरेको बताइन् । वडामा अहिले सम्म कोही संक्रमित नभएको भन्दै रोग लाग्न भन्दा लाग्न नदिनु बेश भन्दै सचेतना कार्यक्रम सुरु गरेको बताईन् ।

पहिलो चरणको सचेतना कार्यक्रममा डेङ्गी संभावित स्थानको अवलोकन र लार्भा नष्ट गर्ने स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष कल्पना क्षेत्रीले जानकारी दिइन् । यस्तै टोल समितिलाई डेङ्गी रोग र यसबाट बच्ने उपायहरु सम्बन्धी प्रशिक्षण गराई टोल टोलमा सचेतना कार्यक्रम गर्ने क्षेत्रीले बताइन् ।

कार्यक्रममा वडा सदस्य गोविन्द प्रसाद पराजुली , वडा सदस्य मणिराम बराल र स्वास्थ्य स्वमसेविकाहरुको उपस्थिती थियो ।