जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

डिल बहादुर खडको”इज्जत  न बेच बन्ला श्रीलंका”

इज्जत  न बेच बन्ला श्रीलंका
पैसा ठुलो भन्न थाले ईज्जत बेचेर
भारत ले सिमा मिच्यो सबैई ले हेरे !!

कृति भए प्रधान मन्त्री होत भए राजा
देश सिमा मिच्दा खेरी हेरी राछन् आज
नेता को आलोचना गर्ने छ है बानी
सीमा बेच्छन् भारतलाई एकजुट हुन्छन् अनि

गिद्ध को पारा ले गर्छन लुछा चुडी
अझै पनि अघा छैन नेता हरुको भुँडी
सुकुमबासीहरुको छैन बस्ने बास
भोट माग्न आउदा खेरी देखाउछन् आशा

सुकुमबसी भनि बस्छन् धनहाड्य
के भनौ खै नेता लाई छैन भनि साध्य
जति सक्छौ त्यति देऊ जन्ता लाइ आशा
सधै भरी नवनाउ है अब निराशा

भाेट माग्न आउदा खेरी दिएका ति आशा
ऐले सम्म पुरा भए हुन्थ्यो  सगरमाथा
भन्छन् फेरी विदेशमा न जाऊ दाश बन्न
किन जान्थे युवा हरु खान पाए टन्न

स्वदेश मा गरुन भने छैन उद्योग धन्दा
सर्म छैन युवा हरु लाई विदेश न जाऊ भन्दा
देखेका छौं बाटा घाटा काँहा उद्योग धन्दा
लाज सर्म पनि छैन विकाश गर्छौं  भन्दा

नाम ले अब नेता हरु लाई चिनिसके  सब
काम हो चिन्न बाँकी छ है सहुजुर अव
आफु मात्रै लाउ खाउ  न भनौ अब
नेपाल आमाका सन्तती हौ हामी हरु सव

पूर्व हेर मेचि अंचल पश्चिम महाकाली
अझै पनि नाफा भएनन् फटाहा र जाली
उत्तर हेर हिमाल हरु दक्षिणा हेर तराई
हामी एउटै परिवार है , कोही छैन पराई
नाङ्गै आउँछौ नाङ्गै जान्छौ लान्नौ हाम्ले केही
सत्य , तथ्य कुरा बोलौ ठुलो धर्म त्यहि

लेखक :डिल बहादुर खडक पोखरा २१ रामदि एकहाते।