कास्कीमा क्यानोनिङ गर्ने क्रममा खसेर २२ वर्षे युवतीको मृत्यु
जन्मभूमि खबर ,
पोखरा ।
कास्कीको माछापुच्छ्रे ९ घलेलमा रहेको पोखरा क्यान्वयनमा क्यानोनिङ गर्ने (झरनाबाट झर्ने खेल) क्रममा खसेर बुधबार २२ वर्षे युवतीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा २६ बुढीबजार बस्ने बर्ष २२ की अन्जिता भण्डारी क्यानोनिङबाट खसेकी हुन् ।
उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल्याएकोमा बेलुका ५ बजेतिर चिकित्सकले मृत घोषणा गरेका हुन्।