कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प
जन्मभुमि खबर ,
पोखरा ।
कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्कीको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पबाट केही क्षति भयो/भएन भन्ने बारे अहिलेसम्म केही विवरण प्राप्त भएको छैन ।