जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अनिता पन्तको आवाजमा तिज गित “देशी रङ्ग” सार्वजनिक ( भिडियो सहित )

जन्मभुमि खबर ,
पोखरा ।

नेपाली नारीहरुको महान पर्व हरितालिका तिज आउन अब जम्मा दुई महिना बाकी रहेको छ । कति गीत रेकर्डिङकाे क्रममा रहेका छन भने केही तिज लक्षित गित बजारमा आइसकेका छन ।

यसैबीचमा लाेक तथा दोहोरी गायिका अनिता पन्त र गायक तथा माेडल नरेन्द्र आचार्यकाे रत्यौली तिज गित ‘ देशी रङ्ग ’ सार्वजनिक भएको छ ।

माैलिक रत्याैलीकाे स्वाद मेटाउने यस गीतमा टिपिकल माया प्रेमकाे एक अन्तरभाबलाई उतारिएकाे छ ।

सुन्दरी नगरी पाेखरामा छायांकन गरिएकाे उक्त गीतकाे भिडियोमा सरिता दानकुटी र नरेन्द्र आचार्यकाे नृत्य रहेकाे छ । उक्त गीतमा राजु के.सी. काे शब्द रहेको छ, भने अनिता पन्तकाे संगीत रहेकाे छ । उक्त गीतमा हाेम गुरूङकाे निर्देशन रहेको छ । त्यस्तै, दुर्गा पाैडेलकाे छायांकन र नवीन घर्ती मगरकाे सम्पादनमा रहेकाे म्युजिक भिडियाे नरेन्द्र आचार्य अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएकाे छ ।

निरन्तर दोहोरी गायनमा सक्रिय गायिका अनिता पन्तले यस अघि पनि थुप्रै गितहरु मा आवाज दिइसकेकी छन । टिक-टक काण्ड भाग – १ , टिक-टक काण्ड भाग – २, बाजा धुनैमा , पिरती , हातैको टिका, सारी लगायतका उनका सर्बाधिक रुचाइएका गितहरु हुन ।

निरन्तर गायन पेशामै सक्रिय पन्तले बजारमा धेरै गितहरु अझ भनौ पछिल्लो समयमा अलि भद्दा र दुइअर्थी शब्दले भरिएका गितहरु माझ आफ्नो मौलिक तिज गित छायामा पर्नी डर पनि छ तर पनि मौलिक गित भएको मा आफुमा पहिला का भन्दा अझ यस गितमा बढि आशावादी भएको बताउछिन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस :