जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

ललितानिवासको जग्गाभित्र रहेका संरचना ७ दिनभित्र हटाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले ललितानिवासको जग्गाभित्र रहेका संरचना हटाउन निर्देशन दिएको छ ।

आइतबार महानगर प्रहरीको टोली बालुवाटारस्थित ललितानिवासको जग्गामा पुगेर जग्गाभित्र रहेका संरचना हटाउन र थप कुनै पनि संरचना नबनाउन निर्देशन दिएको हो ।

सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले महानगरको निर्देशनअनुसार जग्गाभित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

ललितानिवासको जग्गा रोक्का भइसकेको अवस्था र सम्बन्धित निकायको अनुसन्धान अन्तिम अवस्थामा रहेकाले थप कुनै संरचना निर्माण हुन नदिन महानगरले निगरानी गरेको उनले बताए ।

उनले सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरु गरेको पनि बताए ।