जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मुग्लिन-नारायणगढ सडक पुन: सञ्चालनमा

जन्मभुमि खबर ,
पोखरा ।

आइतबार बिहानैदेखि अवरुद्ध मुग्लिन-नारायणगढ सडक दिउँसो ३ बजेपछि पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

भरतपुरको डिभिजन सडक कार्यालयले एक सूचना जारी गर्दै सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको जनाएको छ ।

पछिल्लो पटक आइतबार बिहान इच्छाकामना गाउँपालिका-६ मा पर्ने कालीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरोका कारण सयौं सवारीसाधन र यात्रुहरू अलपत्र परेका थिए ।

वर्षाका कारण यो सडक खण्डका विभिन्न स्थानमा पहिरो जाँदा पटकपटक अवरुद्ध हुँदै आएको छ ।