जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा २१मा वाषिक  समिक्षा सम्पन्न ।      

रमेश पोख्रेल /साउन १२ पोखरा ।   पोखरा महानगर पालिका वार्ड न २१ ले वार्ड भेला गरि   शुक्रबार आर्थिक वर्ष २०७९/८० को वाषिर्क  समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । वडामा कृयाशिल राजनीतिक दलका प्रतिनिधि , उपभोक्ता समिती तथा टोल बिकास समितिका प्रतिनिधि लगायत उपस्थित रहेको कार्यक्रममा वर्ष भरिमा निर्माण तथा सम्पन्न भयका योजनाहरुको समिक्षा गरिएको थियो । संघीय तथा प्रदेश सरकार ,महानगर पालिका  र वडा बाट संचालित योजनाहरुको प्रगति विवरण वडा अध्यक्ष दिपक प्रसाद सुबेदिले आयोजित भेलामा प्रस्तुत गर्नुभएको थियो । एक  वर्षको अबधिमा ३६ पटक वडा समिति बैठक ,५ पटक शिक्षा समिति बैठक , ४ पटक सर्वदलीय बैठक र ९ पटक विविध बैठकबाट विभिन्न २३६  निणय गरिएको अध्यक्ष सुबेदीले बताउनुभयो ।  आयोजित भेलामा  बादरले  खाद्य बाली र समुदाय पारेको प्रभावमा, बस्ती र सडक संगै जोडिएका पुराना  रुख हरुको ब्यबस्थापन , सडक स्तरोन्नति गर्ने क्रममा  चौडाई र नाला ब्यबस्थापनमा जनप्रतिनिधिको चासो पुग्न नसकेको गुनासो समेत  गरेका थिए ।   उक्त समिक्षा कार्यक्रममा चालू तर्फ ४७ लाख १३ हजार (९७.३७ प्रतिशत ) र पुजिगत तर्फ १ करोड ८२ लाख ३६ हजार  मध्री (९६.६८ प्रतिशत ) खर्च भइ ९६.८१ प्रतिशत प्रगति हासिल गरेको अध्यक्ष सुबेदीले बताउनु भयो ।