जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विश्वकप छनोट : नेपालले अमेरिकालाई हरायो

आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो जित हात पारेको छ । पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग ८ विकेटको पराजय भोगेको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको हो ।

जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालीका लागि भिम सार्कीले ७७ रन जोडे । कुशल भुर्तेलले ३९ रन बनाए । दिपेन्द्र सिंह ऐरीले ३९ रन जोडे ।

यसअघि जिम्बाब्वेको हरारेस्थित टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४९ ओभर सबै विकेट गुमाएर २०७ रन जोड्यो ।

अमेरिकाका लागि शायान जाहाँगिरले रनको योगदान गरे । उनले ७९ बलमै शतक पूरा गर्दा १० चौका र ३ छक्का हिर्काए । सुशान्त मोदानीले ४२ रन र गजानन्द सिंहले २६ रन बनाए ।

नेपालका लागि करण केसीले ४ विकेट,  गुल्सन झाले ३, दिपेन्द्र सिंह ऐरी २ विकेट र ललित राजवंशीले १ विकेट हात पारे । सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दा कुनै पनि विकेट नलिइ सर्वाधिक ५८ रन खर्चिए ।