जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी नेताहरूविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय

उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी नेताहरूविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यन्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश डा. मनोज कुमार शर्माको एकल इजलासमा भएको छलफलपछि मन्त्रिपरिषद्को गत मंगलबारको सो निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले प्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता किन लिइएको हो भनेर सरकारलाई कारण देखाउ आदेश समेत जारी गरेको छ ।