जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका—२३ हर्पनका ४९ वर्षीय देवबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

गएराति साढे ११ बजेको समयमा ढुङ्गा माटोले बनेको एक तले कच्ची घरको ढोका लगाउने क्रममा चट्याङ लागेको थियो ।

उद्धार गरी मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।