जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पाेखरा महानगरपालिकाकाे बजेट ७ अर्ब १५ करोड १५ लाख

जन्मभुमि खबर ,
पोखरा ।

महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७ अर्ब १५ करोड १५ लाख रुपैयाँको बजेट ल्याएको छ ।

उपप्रमुख मञ्जुदेवी गुरुङले १३ औं नगर सभामा आइतबार चालु आर्थिक वर्षभन्दा १ अर्ब ८४ करोड रुपैयाँ कमको बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटको खर्च व्यहोर्ने स्रोतमा संघीय सरकार अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकार अनुदानवाट १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयबाट २ अर्ब २७ करोड ८७ लाख, संघीय राजस्व बाडँफाँडबाट ३६ करोड ६२ लाख रुपैयाँ छछ । प्रदेश राजश्व बाँडफाड ८ करोड २५ लाख व्यहोर्ने लक्ष्य छ ।

स्थानिय राजस्व बाँडफाँटबाट १ अर्ब १ करोड ७५ लाख र संघीय सरकार शहरी विकास आयोजना अनुदानबाट ८ करोड ४० लाख ९१ हजार प्राप्त हुने अनुमान गरिएको छ । यसो गर्दा ४५ करोड ६८ लाख ६५ हजार न्यून हुने बजेटमा उल्लेख छ । चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने मौज्दातबाट अपुग रकम व्यहोरिने उपप्रमुख गुरुङले बताइन् ।

सबैभन्दा धेरै बजेट पूर्वाधारतर्फ २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० का लागि ८ अर्ब ९९ करोड २ लाख २९ हजार रुपैयाँको बजेट ल्याएको थियो । असार ८ गतेसम्म ३ अर्ब ८५ करोड ५५ लाख ८४ हजार रुपैयाँ (४३.०५ प्रतिशत) खर्च भएको छ ।