जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तीन प्रदेशमा भारी वर्षाकाे सम्भावना : माैसमविद्ले भने–सतर्क रहनू

देशका केही स्थानहरूमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

गण्डकी, कोशी र मधेश प्रदेशका केही स्थानमा भने भारी वर्षाको  सम्भावना रहेकोले मनसुनजन्य प्रकाेटबाट बच्न आवश्यक सतर्कता अपनाउन माैसमविद्ले आग्रह गरेका छन् ।

महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली  रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसाे गण्डकी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति धेरै स्थानमा पानी पर्ने सम्भावना रहेकाे महाशाखाले बिहान ६ बजे जारी गरेकाे बुलेटिनमा उल्लेख छ ।