जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

खेल मार्फत राष्ट्रलाई चिनाउनु पर्ने

राष्ट्रका लागि खेलकुद र स्वास्थका लागि खेलकुद भन्ने मुल नाराका साथ स्थापन भएको यस जापान गोजो रियो कराते डो. मिसन संघ नेपाल कास्की प्रथम वार्षिक तथा प्रथम अधिवेशन आज सम्पन्न भएको छ ।खेलकुद पहिले आफनो स्वास्थ्यका लागि भएको साथै पहिले आफनो स्वास्थ्य राम्रो भएमा खेल मार्फत देशलाई चिनाउन सकिने  नेपाल स्टोङ्गगेष्ट क्योकुशिन कराते डो. संघ का अध्यक्ष कृष्ण नेपालीले आज सम्पन्न भएको जापान गोजो रियो कराते डो. मिसन संघ नेपाल कास्की प्रथम वार्षिक तथा प्रथम अधिवेशनमा उक्त कुरा बताउनु भएको हो । संस्थाका सल्लाकार तथा समाज सेवि श्री राम सुवेदीले कराते खेल आत्मा रक्षा गर्ने खेल मात्र नभहि अनुशासन सिकाउने खेल रहेको ,यसलाई दुरुप्रयो नगरि सदुप्रयोग गरि आफनो तथा देशको नाम राख्न सक्ने भएर खेल्न सम्पूर्ण खेलाडिलाई प्रोत्सन गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष श्री देवराज सुनार द्धारा प्रशासनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । अधिवेशन मार्फत पुन २ वर्षका लागि देवराज सुनार नै अध्यक्ष्मा निर्वाचित हुनु भएको छ भने उपध्यक्षमा हिमलाल पौडेल ,सचिवमा रज्निता शाही ठकुरी ,सह सचिवमा मिलन भण्डारी ,कोषध्यक्षमा दिपक सुनार ,सदस्यहरुमा भक्त बहादु गुरुङ्ग , सुजल सुनार ,प्रशान्त खवास              रहेका छन् । साथै २ जान पछि मनोनित गर्ने भएको छ । ५ वर्ष अगाडी स्थापन हुदाँ १० जाना प्रशिक्षार्थि बाट सुरु गरिएको आज आउदाँ सम्म ४०० भन्दा बढी प्रशिक्षार्थि रहेका साथै ५ जना प्रशिक्षार्थिलाई प्रशिक्षक भनाई विविन्न स्कुलहरुमा प्रशिक्षण दिन समेत पठाईको संस्थाका अध्यक्ष देवराज सुनारले बताउनु भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका सदस्य श्री राजन कुमार वडगामी रहनु भएको थियो भने कार्यक्रमलाई स्वागत प्रशिक्षार्थि शुसान्त सुवेदीले गरेका थिए भने संचालन श्री हिमलाल पौडेलले गरेका थिए ।