जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पाेखराबाट चोरी गरेका विभिन्न सामान सहित ४ जना युवक पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पाेखरामा सामान चाेरी गर्ने ४ जना युवक पक्राउ परेका छन् । जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१६ दिप
स्थित सडकबाट शंकास्पद अवस्थामा हिडिरहेका ४ जना युवकलाइ वैशाख १५ गते बिहानी ३ बजेकाे समयमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा जिल्ला धादिङ त्रिपुरा सुन्दरी नगरपालिका २ सल्यानटार स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका ९ पृथ्वीचोक बस्ने वर्ष २१ को राजकुमार परियार, पोखरा महानगरपालिका १३ काहुँडाँडा
बस्ने वर्ष २४ को बिनोद परियार, जिल्ला गोरखा स्थायी घर भई हाल पोखरा महानगरपालिका १३ मियापाटन बस्ने वर्ष ३१ को राजकुमार नेपाली र जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१३ मियापाटन बस्ने वर्ष २५ को अर्जुन नेपाली रहेकाे प्रहरीले बताएकाे छ ।

पक्राउ परेका युवकहरूकाे खानतलासी तथा सोधपुछ गर्दा उनीहरूले भिरेको झोलामा ल्याप्टप १ थान, किबोर्ड १ थान, माउस १ थान, चार्जर १ थान बिभिन्न कम्पनीका मादक पदार्थ (रक्सी) का बोत्तल ११ थान, पहेँलो तथा निलो रंगका रेडबुल १५
थान, चुरोट ७ बट्टा, बिभिन्न कम्पनीका मोवाईल ४ थान, फलामको छड १ थान समेत फेला परेको र पछी उनिहरुले चोरी गरेको ग ५ प २७३५ नम्बरको मोटरसाइकल बरामद हुन आएको हाे ।

उनिहरूलाइ सम्मानित कास्की जिल्ला अदालतबाट चोरी सम्बन्धी मुद्दामा सात दिनकाे म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।