जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम संसद्‌मा पेस गर्ने

सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम संसदमा पेस गर्ने तयारी गरेको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पेस गर्नेछन्।

सरकारले नीति तथा कार्यक्रम पेस गर्ने मितिको जानकारी संसद् सचिवालय र राष्ट्रपति कार्यालयलाई गराएको छ।

सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि नीति तथा कार्यक्रम पेस गरिन्छ। सरकारले आगामी आर्थिक वर्षमा गर्ने कामहरु उक्त कार्यक्रममा समावेश हुन्छन्। सत्तारुढ दलहरुको साझा दस्तावेजको रुपमा संघीय संसदमा नीति तथा कार्यक्रम पेस हुनेछ।