जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

संसद्‍मै अमरेश कुमार सिंहले कपडा खोलेर अर्धनग्न बनेपछि…

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा बैठकस्थलमै कपडा खोलेका छन् । सोमबार उनले बोल्नका लागि समय मागेका थिए । समय नपाएपछि सिंहले कपडा खोलेर विरोध जनाएका हुन् ।

सभामुख देवराज घिमिरेले आकस्मिक र विशेष समय नराखिएको जानकारी गराउँदा गराउँदै सिंहले समय मागेका थिए । उनले त्यसपछि कपडा खोलेर विरोध गरेका हुन् ।

सिंहले कपडा खोलेर विरोध जनाएपछि संसद्मा अभद्र व्यवहार गर्न नपाइने नियमावलीको व्यवस्था सभामुखले ध्यानाकर्षण गराएका थिए ।

“असिस्ट, अश्लिल, आपत्तिजनक अभिव्यक्ति नदेखाउन चेतावनी दिन्छु,” सभामुख देवराज घिमिरेले भने, “अमरेश कुमार सिंहले देखाएको व्यवहार नियम ३० को आधारमा चेतावनी दिन्छु । तपाइँलाई मैले चेतावनी दिन चाहन्छु । फर्किएर आएर बस्नुहोस् । असभ्य व्यवहार देखाउनुहोस् । नियमअनुसार आफ्ना कुराहरु राख्नुहोस् ।”