राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन् । उपनिर्वाचनमा चितवन २ बाट निर्वाचित भएर आएसँगै रास्वपाले संसदीय दलको नेतामा लामिछानेलाई चयन गरेको हो ।
प्रवक्ता डा. मुकुल ढकालले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरिएको बतए । नागरिकता मुद्दामा सर्वोच्च अदालतले १३ माघमा फैसला गरेपछि सभापति लामिछानेले सांसद पद गुमाएका थिए ।
नागरिकता पुनः सक्रिय बनाएर उपनिर्वाचनबाट विजयी भएर आएपछि संसदीय दलको नेता बनेका हुन् ।