जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बालकृष्ण खाँणलाई चार दिन प्रहरी हिरासतमा राख्न अनुमति 

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई अनुसन्धानका लागि अदालतले चार दिन म्याद थपेको छ।

बुधबार बिहान पक्राउ परेका खाँणमाथि थप अनुसन्धानका लागि अनुमति लिन प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालत लगिएको थियो।

बुधबार बिहान पक्राउ परेका खाणमाथि थप अनुसन्धानका लागि अनुमति लिन प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो।

प्रहरीले खाँणसहित उनका सहयोगी नरेन्द्र केसीलाई पनि बुधबार पक्राउ गरेको थियो। प्रहरीले खाणविरुद्ध ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान अगाडि बढाइने जनाएको छ।