सरकारले तीन महिनासम्मका लागि पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारण गर्ने भएको छ ।
संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दे अर्थमन्त्री डा. प्रकाशशरण महतले पोखरामा हवाई इन्धन भण्डारणगृह बनाइने बताए ।
‘न्यूनतम तीन महिनाको लागि पेट्रोलियम पदार्थको मागलाई धान्न सक्ने गरी भण्डारण क्षमता वृद्धि गरिने छ,’ महतले भने, ‘पोखरामा हवाई इन्धन भण्डारणगृह र अमलेखगञ्जमा थप दुईवटा भण्डारणगृह निर्माण सम्पन्न गरिनेछ ।