जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

घट्यो सुनचाँदीको मुल्य

साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।

बिहीबार प्रतितोला एक लाख ११ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ८ सय रूपैयाँले घटेर एक लाख १० हजार ८ रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजावी सुन प्रतितोला एक लाख १० हजार २५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार ५५ रूपैयाँले घटेर १ हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।