जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज मदन आश्रित स्मृति दिवस

आज मदन आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन  विभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिन ।

२०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जीप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा आज देशैभरी ‘मदन–आश्रित स्मृति दिवस’को मनाइँदैछ ।

३० वर्षअघि भएकाे याे घटनाकाे सत्य तथ्य छानबिन गर्ने नेताहरूले बताउँदै आएका छन् । तर अहिलेसम्म वास्तविकता बाहिर आउन सकेकाे छैन । एमाले नेताहरूले नै सत्ताको नेतृत्व गर्दा पनि उक्त दुर्घटनाको खासै खोज अनुसन्धान नगरेकाे भन्दै आलाेचना हुने गर्छ ।

जननेता भण्डारी र नेता आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा षडयन्त्रपूर्ण दुर्घटनाबाट निधन भएको थियो ।