जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जनामा र ९४७ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै सक्रिय संक्रमितको संख्या ४३५ पुगेको छ । यीमध्ये १२ जनाको आईसीयूमा र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । संस्थागत आइसोलेसनमा २७ जना संक्रमित रहेका छन् ।

यो अवधिमा ७४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । मृत्यु भने पछिल्लो २४ घण्टामा भएको छैन । मंगलबार र बुधबार एक एक जनाको मृत्यु भएको थियो । कोरोनाको नयाँ भेरियन्ट आएसँगै संक्रमण बढिरहेको छ ।