जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनचाँदीको मूल्य स्थिर

नेपाली बजारमा बिहीबार सुनचाँदी मूल्य स्थिर छ । यसअघि सुन तोलाको एक हजार रुपैयाँले बढेको सुनको कारोबार स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार सुनको करोबार सोही मूल्यमा किनबेच भएको थियो । बिहीबार चाँदीको भाउ पनि स्थिर रहेको छ ।

चाँदी तोलाको १४ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको कारोबार सोही मूल्यमा भएको थियो ।