जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सामाजिक संजालमा आएको समाचारप्रति नेपाली काँग्रेस कास्कीको गम्भीर ध्यानाकर्षण

जन्मभुमि खबर ,
पोखरा ।

नेपाली कांग्रेस कास्कीले बुधबार जारी गरेको प्रेस विज्ञप्ति प्रति नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति कास्कीले ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस कास्कीले बुधवार एक विज्ञप्ति जारी गर्दै नेपाल विद्यार्थी संघ, कास्कीको बारेमा सामाजिक संजालमा आएको समाचारप्रति नेपाली काँग्रेस, कास्कीको गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।

नेपाल विद्यार्थी संघ कास्कीका सभापति ई.अन्जान थापाले विहिवार उक्त विज्ञप्तिमा आफुहरुको ध्यानाकर्षण भएको जनाउँदै जिवन्त संगठनको नेतृत्व टिके र एस म्यान भर्ती गरेर हुनै सक्दैन भन्दै कास्की कांग्रेसको विज्ञप्ति घोर खेदजनक , भत्सर्ना गर्न लायक भएको , एकलौटी निर्णय र कार्य संसारमा पतन भएको हिट्लरी प्रथाको निरन्तरता भएको जनाएका छन् ।

यस्तै ध्यानाकर्षण पत्रमा भनिएको छ ” विगत १७ वर्ष देखि टिके प्रथामै चलेको कास्की नेवि संघ सधैं यस्तै बन्दक गरेर तन्नेरी पुस्तालाई सखाप बनाउने अधिकार कसैलाई छैन । तपाईले सिफारिस गरेकै भए उक्त वैधानिक निर्णय सार्वजनिक गर्न अनुरोध छ ।”

यस्तै नेपाली कांग्रेस कास्कीको विज्ञप्तिमा नसिव गुरूङ नेवि संघ कास्कीको आधिकारिक सभापति भएको सभापति किशोर दत्त बरालको हस्ताक्षरित विज्ञप्तिले जनाएको छ । तर सभापति बराललाई नेवि संघका अध्यक्ष ई.थापाले केन्द्रको पत्र अघि सिफारिस गरेको र सिफारिस पत्र कुन विधि विधान र आधारमा टेकेर गर्नु भयो के त्यो संस्थागत थियो ? भनेर प्रश्न गरेका छन ।

सभापति बरालद्वारा जारी विज्ञप्तिमा जिल्ला कार्यसमितिको अधिकारिक बैठक बिना नै नेवि संघको सभापतिका लागि गोप्य रुपमा अन्जानजङ्ग थापा, प्रताप बानियाँ, हेमन्त पाण्डे र नसिव गुरुङ्गको नाम सिफारिस गरेको भन्दै संघमा आबद्ध अन्य विद्यार्थी र नियम विपरित भएको जनाइएकाे छन् ।

अन्जान थापा, हेमन्त पाण्डे र प्रताप बानियाँले बृहत विद्यार्थी भेला केन्द्र र जिल्लाका संगठनका विद्यार्थी नेतासङ्ग समन्वय गर्दै विद्यार्थीको नेता विद्यार्थी र विद्यार्थीको निर्णय विद्यार्थीले नै गर्नु पर्छ भन्दै तत्काल जिल्ला अधिवेशनको तयारी गरी निर्वाचन मार्फत नेतृत्व हस्तान्तरण गर्ने, कास्कीमा रोकिएको स्ववियु निर्वाचन गराउने वातावरण सिर्जना गर्न आफुहरु तयार रहेको बताएका छन् ।

संघले कास्कीमा नयाँ शैक्षिक सत्रसँगै सुरु हुने विभिन्न शिक्षाको व्यापारीकरण रोक्न, शिक्षाको नैसर्गिक अधिकार लाई कार्यन्वयन गर्ने, कास्कीको विद्यार्थी आन्दोलनलाई मर्यादित रूपमा अघि बढाउन नेवि संघ कास्की प्रतिबद्ध रहेको र विद्यार्थीहरुको साथ सहयोग पाउनेमा विश्वस्त रहेको बताएको छ ।