पोखराको सेती नदिको खोचमा खसेकी बालिकाको उद्धार पछि निधन
जन्मभुमि खबर ,
पोखरा ।
कास्कीको पोखरा महानगरपालिका-१५ सेती किनारको खोंचमा खसेकी बालिकाको निधन भएको छ । पोखरा-८ नागढुंगाकी १२ वर्षीया स्मृति पराजुली दिउँसो ३ बजेतिर खोंचमा खसेकी थिइन् । खोंचमा खसेको झण्डै साढे २ घण्टापछि मात्रै उनको उद्धार भएको थियो ।
उद्धारपछि बालिकालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकका अनुसार चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । प्रहरीका अनुसार पराजुली काठमाडौंबाट छुट्टीमा घर आएकी थिइन् ।
काठमाडौंमै अध्ययनरत पराजुली शनिबार साथीसँग घुम्न सेती किनार पुगेकी थिइन् ।