जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चितवन-२ मा भारी मतान्तरसहित रवि लामिछाने निर्वाचित

चितवन-२ मा भारी मतान्तरसहित रवि लामिछाने निर्वाचित

चितवन क्षेत्र नम्बर २ मा रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन्।

अन्तिम परिणाम अनुसार रास्वपाका सभापति लामिछानेले ५४ हजार १ सय ७६ मत पाएका छन्।

उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय १४ मत मात्र प्राप्त गरे। ४२ हजार ९ सय ६२ मतान्तरसहित लामिछानले जित निकाले।

त्यस्तै एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत ल्याए। लामिछानेले गत मंसिर ४ को निर्वाचनभन्दा ४ हजार ८ सय ८० बढी मत पाए।

आइतबार भएको उपनिर्वाचनमा चितवन-२ मा ७८ हजार २ सय ७७ मत खसेको थियो।

गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा लामिछानेले ४९ हजार ३ सय मत पाएका थिए।

सर्वोच्च अदालतले नागरिकता प्रकरणमा उनको सांसद पदलाई अवैध ठहर्याएपछि यहाँ उपनिर्वाचन भएको हो। मंसिर ४ को चुनावमा रविले ४९ हजार ३ सय मत प्राप्त गरेका थिए ।

जहाँ नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए भने एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६५४ मत पाएर तेस्रो भएका थिए । लामिछानेले ३४ हजार ३१२ मतको भारी मतान्तरले जितेका थिए ।

नागरिकतासम्बन्धी विवादमा दोषी ठहर भएपछि सांसद पद गुमाएका उनले उपचुनावमार्फत प्रतिनिसभामामा पुन: इन्ट्री मारेका छन् ।

उनले गत संसदीय चुनावमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ल्याएको सर्वाधिक मतको रेकर्ड तोडेका छन् । ओलीले झापा ५ बाट ५२ हजार ३९१ मत प्राप्त गरेका थिए । लामिछानेले त्यसलाई तोड्दै सर्वाधिक लोकप्रिय जित हासिल गरेका हुन् ।