जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शनिबार मध्यरातदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।
गएराति देखि अधिवेशन अन्त्य भए पनि सोबारे प्रदेश प्रमुख कार्यालयले आइतबार साँझमात्र प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

शनिबार मात्र मुख्मन्त्री खगराज अधिकारी संसदबाट विश्वासको मत पाउन नसकेपछि पदमुक्त भएका थिए । अर्को सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुपर्नेछ । तर नेपाली कांग्रेस वा माओवादी केन्द्रमध्ये कसले नेतृत्व गर्ने भन्ने विषय पेंचिलो छ ।