जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

धौलागिरि बेसक्याम्पबाट पोखरा फर्कंदै गरेको हेली एभरेस्टको हेलिकोप्टर दुर्घटना

जन्मभुमि खबर ,
पोखरा ।

धौलागिरि बेसक्याम्पट पोखरा फर्कंदै गरेको हेली एभरेस्टको हेलिकोप्टर दुर्घटनामा परेको छ ।

९एन–ए एनबी कलसाइनको हेलिकोप्टर दुर्घटनामा परेको हो ।

धौलागिरि बेसक्याम्पनजिकै दुर्घटना भएको हेलिकोप्टरमा एकजना पाइलट रहेको र उनी सकुशल रहेको बुझिएको छ । डाइनेस्टी एयरले पाइलट प्रिया अधिकारीलाई उद्धार गरेको छ ।

पाइलटलाई उद्धार गरेर पोखरा ल्याइँदै गरेको बुझिएको छ ।

इटालियन बेसक्याम्पमा कार्गो पुर्‍याएर धौलागिरि बेसक्याम्प फर्कने क्रममा बिहान ११ बजेर १ मिनेट जाँदा हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।

हेलिकोप्टरको खोजीमा उडेको एयर डाइनेस्टीको विमानले उक्त हेलिकोप्टरलाई धौलागिरि बेसक्याम्पमा पल्टिरहेको अवस्थामा फेला परेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए ।

हेलिकोप्टर ‘फोर्स ल्यान्ड’ गर्दा सन्तुलन नमिलेर दुर्घटनामा परेको तिवारीको भनाइ छ ।

हेलीकोप्टरमा क्याप्टेनबाहेक अन्य कुनै पनि यात्रु नभएका कारण मानवीय क्षति नभएको तिवारीले जानकारी दिए ।