जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने आयोगको निर्णय

निर्वाचन आयोगले तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको छ। यसअघि नै आयोगले चितवन २ मा सोही मितिमा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ ।

आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम उपनिर्वाचन गर्ने निर्णय गरेको हो । उक्त दिन बिहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मतदान हुने गरी मतदानको समयसमेत निर्धारण गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।