राष्ट्रपति चुनावको मतगणना सुरु
राष्ट्रपति चुनावको मतगणना सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना अहिले करिब ४ बजे सुरु भएको हो ।
प्रदेशसभाका ५१८ र संघीय संसदका ३१७ जना सांसदले मतदान गरेका छन् । प्रदेश र संघीय संसदको छुट्टाछु्ट्टै मतगणना गरिएको छ । प्रदेश सांसदको मतभार ४८ र संघीय संसदका सांसदको मतभार ७९ कायम गरिएको छ ।
आजै मतपरिणाम गरी विजेतालाई प्रमाणपत्र वितरण गरिनेछ । कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ उम्मेदवार छ ।