जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्लास्टिक ब्यवसायिक समिती पोखराको रक्त दान ३६ युनिट संकलन ।

पोखरा २७,शनिबार प्लास्टिक ब्यवसायिक समिति पोखराले आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ युनिट रगत सङ्कलन भएकाे छ । शनिबार सम्पन्न उक्त कार्यक्रम पाेखरा प्लास्टिक व्यवसायी समितिका अध्यक्ष ऋषिराम पाेखरेलकाे अध्यक्षतामा सन्चालन भएकाे थियो । कार्यक्रममा प्रमुख आमन्त्रित ब्यक्तितब पाेखरा महानगरपालिका वडा न ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी रहनु भएकाे थियाे । कार्यक्रममा बाेल्दै बजारमा रगतकाे दैनिक अभाव रहि रहने र विभिन्न संघ सस्थाकाे सहकार्यमा रगतकाे माग पूरा भएकाे र आफू पनि लामाे समय रेडक्रसमा रहेर काम गरेकाे बताउनु भयाे । प्राविधिकमा प्रादेशिक रक्तसन्चार कार्यालय बाट महेन्द्र केसीकाे टाेलिले सहयोग तथा सहकार्य गर्नुभएकाे थियाे । उक्त कार्यक्रम सस्थाका उपाध्यक्ष रामचन्द्र लामिछानेकाे संयाेजनामा संचालन भएको थियाे । याे सगै पाेखरा प्लास्टिक व्यवसायी समितिले यो संगै दोस्रो पटक रक्तदान कार्यक्रम आयोजना गरेकाे लामिछानेले बताउनुभयो।