पोखराको न्युरोडमा माइक्रोबसको ठक्करबाट स्कुटर चालक सुर्य थकालीको मृत्यु
जन्मभुमि खबर ,
पोखरा ।
माइक्रोबसको ठक्करबाट पोखरामा एक जनाको मृत्यु भएको छ । पोखराको न्युरोडमा शुक्रबार माइक्रोबसको ठक्करबाट स्कुटरमा सवार ४५ वर्षीय सूर्य थकालीको मृत्यु भएको हो ।
पोखरा महानगरपालिका–८ का थकाली चिप्लेढुंगाबाट आउँदै थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ग५प ९४ नम्बरको स्कुटरलाई ग१ज ४५४० नम्बरको माइक्रोबसले ठक्कर दिएको हो ।