जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशनको अन्तिम चुनावी परिणाम सार्वजनिक 

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौँ महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । महाधिवेशनले रीता थापालाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति चयन गरेको हो ।

रीतासहित अधिकांश पदाधिकारी निर्विरोध चयन भएका छन् । धादिङको सदरमुकाम धादिङबेँसीमा भएको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा चयन भएका छन् ।

महाधिवेशनले प्रथम उपाध्यक्षमा रामजी खाँण, उपाध्यक्षहरूमा सुवास केसी, दीपक खड्का र राधिका हमाल चयन भएका छन् । महासचिवमा शिव हमाल चयन भए ।

प्रतिष्ठानका ५४ जिल्ला, नौ उपत्यका समन्वय समिति, नौ विदेश शाखा गरी कूल ७२ जिल्लास्तरीय समिति र पाँच प्रदेश तथा एक उपत्यका समन्वय समिति गरी ६ प्रदेशस्तरीय समिति छन् ।

प्रतिष्ठानमा २३ हजार ३२२ साधारण सदस्य, दुई हजार ७७३ आजीवन सदस्य र २६ मानार्थ सदस्यसहित कुल २६ हजार ११८ जना आबद्ध छन् ।