जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा गायिका रिता थापामगर निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय अध्यक्षमा गायिका रिता थापामगर निर्विरोध निर्वाचित भएकी छन् ।

धादिङको धादिङबेसीमा शनिबार भएको आठौँ राष्ट्रिय महाधिवेशनबाट गायिका थापा निर्विरोध निर्वाचित भएकी हुन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा, प्रथम उपाध्यक्षमा रामजी खाँण, उपाध्यक्षहरुमासुवास केसी, दीपक खड्का, राधिका हमाल निर्विरोध भएका छन् ।

यस्तै महासचिवमा शिव हमाल निर्विरोध हुँदा उपमहासचिव, कोषाध्यक्षलगायतका ३८ पदमा  उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । अन्य पदमा भने निर्वाचन जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिष्ठानमा कुल ७५ पदमा निर्वाचन भएकामा ३८ पदमा उम्मेदवार निर्विरोध भएका हुन् ।