जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

माननीय डा. चन्द्र भण्डारीको निवास बुद्धनगर काठमाडौमा ग्यास सिलिन्डर बिस्फोट ।

गुल्मी निर्वाचन क्षेत्र न १ का संघीय सांसद, नेपाली कांग्रेसका युवा नेता माननीय डा. चन्द्र भण्डारीको निवास बुद्धनगर काठमाडौमा ग्यास सिलिन्डर बिस्फोट भएको छ । प्राप्त जानकारी  अनुसार माननीय चन्द्र भण्डारी र वहाँको माता घाईते अवस्थामा कृतिपुर अस्पतालमा उपचाररत हुनुहुन्छ । डाक्टरहरुका अनुसार माननीय डा. चन्द्र भण्डारीको शरिरको करिब २५ प्रतिशत र वहाँकि माताको ७० प्रतिशतको हाराहारी शरिरको भागमा असर गरेको छ ।डा. चन्द्र भण्डारीको सचिवालयले जनाएको छ र थप बिवरण आउन बाकि रहेको छ।