राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न निर्वाचन आयोगमा उजुरी
राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ ।
युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टी खारेजी माग गर्दै बुधबार निर्वाचन आयोगमा उजुरी दर्ता गराउनुभएको हो ।
उजुरीमा पौडेलले रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतको संवैधानिक इजलासले अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी दर्ता भएकोले पार्टी खारेज गर्नुपर्ने माग गर्नुभएको छ ।
लामिछानेले गरेको निर्णयहरू अवैध हुने भएकाले तत्काल पार्टी खारेज गर्न उहाँको माग छ ।