‘यो देश कहिले पनि बन्दैन’ मेयर पदबाट मलाई राजीनामा दिन लगाउँदैछन् : बालेन
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन दबाब दिएको बताएका छन् ।
उनले शनिबार फेसबुकमा पोष्ट लेख्दै राजीनामा दिन लगाउन खोजेको आरोप लगाएका हुन् ।
‘मेयर पदबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्,’ उनले फेसबुकमा लेखेका छन्, ‘यो देश कहिले पनि बन्दैन ।’