जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरपालिका वडा नम्बर ४ का वडा सदस्य सञ्जयकुुमार श्रेष्ठको निधन

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर ४ का वडा सदस्य सञ्जयकुुमार श्रेष्ठको निधन भएको छ । पोखरा ४ गणेशटोल निवासी ५१ वर्षीय श्रेष्ठको उपचारका क्रममा आज बिहान ३ बजे फिस्टेल अस्पतालमा निधन भएको वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए ।

पराजुलीका अनुसार श्रेष्ठको मुखबाट रगत आएपछि शनिबार बिहान उपचारका लागि अस्पताल लगिएकोमा आज बिहान निधन भएको हो । उनलाई जन्डिस भएको आफन्तले बताएका छन् ।

श्रेष्ठ विभिन्न सामाजिक संघ संस्थाका क्रियाशील थिए । उनी गत ३० वैशाखको चुनावमा नेपाली कांग्रेसबाट वडा सदस्य निर्वाचित भएका थिए । बिहान साढे ९ बजे गणेशटोलबाट शवयात्रासहित उनको आज नै सेती नदी किनार रामघाटमा अन्त्येष्टि गरिने परिवारले बताए । । श्रेष्ठका श्रीमती, २ छोरा र १ छोरी छन् ।