पोखरामा सोमबार हराएका बालक पर्स्याङको खुडेपोखरीमा मृत फेला
जन्मभूमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिका ५ पर्स्याङको खुडेपोखरीमा ४ वर्षीय बालक मृत भेटिएका छन् । सोमबार बेलुकादेखि नै हराएका ४ वर्षीय सुहान केसी क्षेत्री खुडेपोखरीमा डुबेको अवस्थामा मृत भेटिएका हुन् ।
सोमबार साझ ४ बजेतिर घरबाट खेल्न निस्केका केसी अबेरसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।
त्यसपछि खटिएको प्रहरीको टोलीले केसीलाई पोखरीमा डुबेको अवस्थामा मृत भेटाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञान खड्काले बताए । पर्वत घर भएका केसीको परिवार पर्स्याङ धारापानीमा बस्दै आएका थिए ।