जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको फर्निचर उद्योगमा आगलागी , २ जना मजदुर जलेर घाइते

जन्मभुमि खबर ,
पोखरा ।

बुधबार राती पोखरा औद्योगिक क्षेत्रको पछाडिपट्टी रहेको पाल्पा भैरव फर्निचर उद्योगमा गएराति करिब १२ बजेतिर भएको विद्युत सर्ट भई आगलागीमा फर्निचर उद्योग पनि जलेर नष्ट भएको छ । आगलागी हुँदा २ मजदुर जलेर घाइते भएका छन् ।

उद्योगका सञ्चालक दीपक कुमार कार्कीका अनुसार उद्योगकै आवासमा बस्दै आएका मजदुर राहुल गुरुङ र आशीष गुरुङ घाइते भएका हुन् । तीमध्ये राहुलको गण्डकी मेडिकल कलेज र आशीषको ग्यालेक्सी हस्पिटलमा उपचार भइरहेको छ ।

६ मजदुर एकै ठाउँमा सुतेकोमा आगलागीपछि ४ जना पर्खाल नाघेर ज्यान जोगाउन सफल भएका थिए । आगलागीका कारण उद्योगमा रहेका सबै फर्निचर जलेर नष्ट हुँदा करिब २ करोड बराबरको क्षति पुगेको संचालक कार्कीको दाबी छ ।

पछिल्लो समय पोखरामा बारम्बार बिद्युत सर्ट भई करौडौं क्षतिका घटना निरन्तर भइरहेको छ । गतसाता पनि पोखराको लेकसाइडमा आगलागीमा सेलवेजको गोदामसहित आधादर्जन पसल जलेर नष्ट भएका थिए ।