जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पल शाह थुनामुक्त

नायक पल शाह सोमबार तनहुँ जिल्ला कारागारबाट रिहा भएका छन् । पलका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलमोल वाग्लेका अनुसार कानुनी प्रक्रिया पूरा गरी उनी रिहा भएका हुन् ।

गत वर्ष पलविरुद्ध नाबालिगलाई बलात्कार गरेको किटानी जाहेरी परेको थियो । त्यसपछि उनले गत वर्षको फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

एकै नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोपमा उनीविरुद्ध जिल्ला अदालत तनहुँ र नवलपुरमा मुद्दा दायर गरिएको थियो ।

जिल्ला अदालत तनहुँले उनलाई बलात्कार मुद्दामा सफाइ दिए पनि बालयौन दुर्व्यवहारमा दुई वर्ष ६ महिना कैद सजाय सुनाएको थियो । सोही फैसलालाई उच्च अदालत पोखराले आइतबार उल्टाउँदै पललाई सफाइ दिएको हो ।

पललाई जिल्ला अदालत नवलपुरले यसअघि नै सफाइ दिएको थियो ।