आज बैंक बन्द नहुने
जनयुद्ध दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपनि बैङ्कहरू भने खुल्ने भएका छन् ।
नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै नगद कारोबार, चेक क्लियरिङ र आरटीजीएस लगायत अति आवश्यक सेवा प्रदान गर्न बैंकहरुलाई भनेको छ ।
बिहान १० देखि अपराह्न साढे १ बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले भनेको छ ।
‘नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत बैंकिङ सेवा प्रदान गर्न बिहान ११ बजे देखी अपराह्न १ बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ,’ राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।