जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते

सरकारले राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपनिर्वाचनको मिति तय गरेको हो ।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिए पछि राष्ट्रियसभामा एक सिट रिक्त छ ।

केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा निर्वाचन आयोगले उपनिर्वाचन माघ २५ मा गर्न सुझाएको थियो ।