जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

माघ २३ गतेदेखि पोखराका मुख्य शहरी सडक खण्डमा पार्किङ गर्न नपाइने

जन्मभुमि खबर ,
पोखरा ।

माघ २३ गतेदेखि पोखराका मुख्य शहरी सडक खण्डमा पार्किङ गर्न नपाइने पोखरा महानगरपालिका अन्र्तगतका मुख्य शहरी क्षेत्रका सडक छेउमा पार्किङ गर्न नपाइने भएको छ । महानगरले सोमबार (आज) सूचना जारी गर्दै माघ २३ गतेदेखि लागुहुने गरी सडक छेउमा पार्किङ गर्न नपाइने जनाएको हो ।

पोखराको पृथ्वीचोक, सभागृहचोक, न्यूरोड, विपिचोक, चिप्लेढुंगा, महेन्द्रपुल र नयाँबजार खण्डका सडकमा पार्किङ नगर्न आग्रह गरेको छ । महानगरपालिका यातायात व्यवस्थापन समितिको आज बसेको बैठकले मुख्य शहरी क्षेत्रको सडक खण्डमा सवारीको चाप अत्याधिक वृद्धि भई आवागमनमा प्रत्यक्ष असर परेको र शहरी सौन्र्दयीकरणमा समेत असर पर्न गएकाले पार्किङ निषेध गर्ने निर्णय गरेको महानगरद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

उल्लेखित स्थानहरुको सडक क्षेत्रमा महानगरले पूर्ण रुपमा पार्किङ निषेध गरेको हुनाले तोकिएको क्षेत्रहरुमा मात्र पार्किङ गर्न सम्पूर्ण सरोकारवाला निकायमाहरु पोखरा महानगरपालिकाले आग्रह गरेको छ । महानगरले सूचनाको अवज्ञा गरी निषेधित क्षेत्रमा पार्किङ गरेको पाइएमा नियमानुसार हुने पनि जनाएको छ ।

‘सूचनाको अवज्ञा गरी निषेधित क्षेत्रमा पार्किङ गरेमा नियमानुसार हुने व्यहोरा अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।

काठमाडौं महानगरपालिकाले पनि दरबारमार्ग लगायत मुख्य चोक तथा बजारमा पार्किङ निषेध गरिसकेको छ । पोखराले भने सडकमा पार्किङ शुल्क नलिने निर्णय कार्यान्वयनमा ल्याइसकेको छ ।

अन्डर ग्राउन्ड पार्किङ र मुख्य सडकका आसपासमा पार्किङ प्रयोजनका लागि सम्म्याइएका खाली जग्गाहरूमा पार्किङ गर्न सकिने पोखरा महानगरले जनाएको छ । ‘ती स्थानमा पार्किङ बापत महानगरपालिकाले तोकेको शुल्कभन्दा बढी शुल्क लिन पाइने छैन,’ महानगरले भनेको छ ।