जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महोत्सवमा टिकटक बनाऔं ३० हजार पुरस्कार जितौ

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवमा महोत्सवको अवलोकनसंगै दर्शकहरुले टिकटक बनाएर पुरस्कार जित्ने अवसर आयोजकले ल्याएको छ । महोत्सव अवलोकनमा आएका दर्शकहरुले महोत्सव स्थल प्रवेश गरेपछि जुनसुकै स्थानमा टिकटक बनाउन सक्नेछन । दर्शकहरुले कुनैपनि गीतमा टिकटक बनाएर #2079PM राखेर भिडियो अप्लोड गर्नुपर्ने छ ।

सर्वाधिक भ्युज आउने भिडियोलाई पुरस्कार प्रदान गरिन प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सव स्थल भित्र टिकटक बनाउनका लागि आयोजकले टिकटक निर्माणका लागी सजावट गरी विभिन्न स्थानमा टिकटक स्पट समेत निर्माण गरेको छ ।

टिकटक माघ ८ गते सांझ ४ बजे सम्म अपलोड गरिसक्नुपर्नेछ । टिकटकका सर्वाधिक भ्युज आउने टिकटकलाई प्रथम पुरस्कार नगद ३० हजार र दोस्रो पुरस्कार २० हजार प्रदान गरिने समेत प्रचार प्रसार संयोजक सुनारले जानकारी दिए ।

पोखरा महोत्सवले टिकटकमा सामाजिक सन्देशमुलक भिडियोहरु अपलोड गराउने र टिकटकबाट मनोरन्जनसँगै टिकटक चलाएर पुरस्कार समेत पाइन्छ भन्ने प्रस्ट्याउन पनि प्रतियोगिताको आयोजना गरिएको हो ।

तेस्रो दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको आर्कषण बढीरहेको छ भने ब्यापार समेत बढेको महोत्सवका अर्थ ब्यवस्थापन उपसमितिका संयोजक सूर्य बहादुर बानियाले बताए । महोत्सवमा विशेष गरी जाडो यामका सामाग्रीको बिक्री वितरण र घरायसी सामाग्रीहरुको बिक्री वढेको बानियाले जानकारी दिए ।

महोत्सवमा शनिबार ( आज ) लोकदोहोरी तर्फ प्रकाश सपुत, जीवन दाहाल, शिवहरि ढुंगाना, राजन कार्की, निशा पोख्रेल, परशुराम अधिकारी, बसन्ती थापा, सुमन केसी, तुलसा जिसीको प्रस्तुती रहनेछ भने साँझ लाइभ कन्सर्टमा लाहुरेको प्रस्तुती रहने छ ।