जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पेट्रोल, डिजेल र मट्टितेलको भाउ ३ रुपैयाँले घट्यो

नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको भाउ ३ रुपैयाँले घटेको छ।

नेपाल आयल निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोलको भाउ १७५ र डिजेल तथा मट्टितेलको भाउ १७२ कायम भएको छ। यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ २० रुपैयाँ घटाइएको छ। एलपी ग्यासको भाउ भने यथावत छ।