जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त,

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलको नेता खगराज अधिकारी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा दाबी पेस गरेका अधिकारीलाई सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ जना र एकजना स्वतन्त्रसहित गरेर ३३ जना सांसदको समर्थनमा अधिकारी मुख्यमन्त्री बनेका हुन् ।

अधिकारीको शपथ आजै साँझ साढे ४ बजे प्रदेश प्रमुखको निवासमा गर्ने तयारी छ ।