जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

घट्यो सुनचाँदीको मूल्य

साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। बिहीबार २ सयले बढेको सुनको मूल्य शुक्रबार ८ सय रूपैयाँले घटेको छ।

यसदिन छापावाल सुन तोलाको १ लाख २ हजार ३ सय रूपैयाँ कायम हुँदा तेजाबी सुन १ लाख १ हजार ८ सय रूपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै चाँदीको मूल्य पनि बिहीबारको तुलनामा २० रूपैयाँ घटेको छ। बिहीबार १ हजार ३ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १ हजार ३ सय ६५ रूपैयाँ कायम भएको छ।