जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी सहित ३ जना बिनाविभागीय मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले सोमबार पद तथा गाेपनियताकाे शपथग्रहण गरेका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरूङबाट मुख्यमन्त्री अधिकारीले शपथग्रहण गरेका हुन् ।

प्रदेश प्रमुख गुरुङको निवासमा मुख्यमन्त्री अधिकारीसँगै अन्य तीन मन्त्रीले शपथग्रहण गरेका छन् । उनीहरूले बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन् ।

मुख्यमन्त्री अधिकारीसँगै पद तथा गोपनीयताको शपथ लिने मन्त्रीहरूमा एमालेकी सीता सुन्दास, माओवादी केन्द्रका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरूङ छन् ।

प्रदेश प्रमुख कार्यालयका सोमबार दिउँसाे मुख्यमन्त्री पदमा दाबी पेस गरेका अधिकारी दाबी पेस गरेकै केही समयमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । ६० सदस्यीय प्रदेशसभामा अधिकारीलाई ३३ सांसदकाे समर्थन छ ।